प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियो)

काठमाडाैँ । गायक प्रतापदास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ। राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ। मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ। काठमान्डौ आसपास र गोदावरीका रमणीय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ।

 

 

 

यॊ पनि हेर्नुहॊस

‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ले छोडे मेरी बास्सै

काठमाडाैँ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ …

प्रतिकृया दिनुहॊस