बार्यन म्युनिखलाई हराउँदै लिभरपुल अन्तिम ८ मा

एजेन्सी । साडियो मानेको दुई गोलको सहयोगमा लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन महारथी बार्यन म्युनिखविरुद्व ३–१ को नतिजा निकाल्दै लिभरपुल लगातार दोस्रो सिजन अन्तिम ८ मा प्रवेश गरेको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

बार्यन म्युनिखको घरेलु मैदान एलिनाज स्टेडियममा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो । लिभरपुलका जोएल माटिपले ३९ औ मिनेटमा आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

भर्जिल भान डेजकले ६९ औ मिनेटमा गोल गर्दै लिभरपुललाई पुन अग्रता दिलाएका थिए । खेल सकिन ६ मिनेट अगाडी मानेले व्यक्तिगत दोस्रो गोल गर्दै प्रिमियर लिग क्लबलाई अन्तिम ८ को यात्रा सुनिश्चित गराए । पछिल्लो १० खेलमा मानेले १० गोल गर्न सफल भएका छन् ।

लिभरपुलको प्रवेशसंगै सन् २००९ पछाडी चार क्लबले प्रिमियर लिगको क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस