मेस्सीको दुई गोल, बार्सिलोना क्वार्टरफाईनलमा

एजेन्सी । लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएको हो ।

बुधबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरे । लियोनका लुकास टुसार्टले एक गोल फर्काए ।

बार्सिलोनामा समग्रमा ५–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो ।

पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

बार्साले घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा क्लबले मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । उनले १७ औ मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

काउटिन्होले ३१ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए ।

टुसार्टले ५८ औ मिनेटमा गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोशिश नगरेका होईनन् । तर बार्साले त्यसपछि लगातार तीन गोल थप्यो ।

मेस्सीले ७८ औ मिनेटमा बार्सालाई ३–१ को स्थितीमा पु¥याएका थिए । पीकेले ८१ औ मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरे । खेल सकिन ४ मिनेट अगाडी डेम्बेलेले क्लबका लागि पाँचौ गोल गरेका थिए ।

बार्सिलोना लगातार १२ औ पटक च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस