सिद्धार्थ बैंक र डा. बि एल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा. बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र डा. बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुखसुनिल कपुरले हस्ताक्षर गरेका छन् ।

यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस