‘गिफ्ट’ को लोभ देखाएर १३ वर्षीया बालिकामाथि बलात्कार

मोरङ। मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । ‘गिफ्ट’ को लोभ देखाएर बालिकामाथि बलात्कार गरिएको थियो । बलात्कार गर्ने मोरङको उर्लाबारी नगरपालिका-३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार  लेटाङस्थित घरमै रहेकी बालिकालाई गिफ्ट ल्याइदिएको छु भन्दै फोन गरेर कानेपोखरी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गको कानेपोखरी बजारमा बोलाएका थिए।

कानेपोखरी आएपछि आचार्यले आफ्नै घर उर्लाबारी-३ स्थित थापा चोकमा लगेर रातभर बालिकामाथि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको प्रहरीले जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस