न्यायाधीश नै न्याय खोज्दै पुगे अदालत

काठमाडाैं । एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्। काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ। त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन्।

शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन्। जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए। ‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने। बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन्।

उक्त मुद्दामा पाटनका न्यायाधीश हरिप्रताप केसीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। आदेशमा व्यक्तिको जग्गा मिच्न नपाइने उल्लेख गरिएको थियो। त्यसपछि न्यायाधीशद्वय भोलानाथ चौलागाईं र गुणराज ढुंगेलको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको थियो। पूर्वन्यायाधीश जोशीले आफूलाई थाहै नदिई उपभोक्ता समिति बनाई निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा किर्ते जालसाजी गरी झूटा प्रमाण जुटाएको भन्दै अर्को मुद्दा दर्ता गरेका छन्। यो मुद्दा विचाराधीन छ।

मेयर शाक्यका दाजु सुगन्धरत्न शाक्यले भने आफूहरुले कसैको जग्गा नमिचेको दाबी गरेका छन्। उपभोक्ता समिति बनाएर जोशीसमेतलाई राखेर १० फिटको मोटरबाटो बनाउने सहमति भएको दाबी उनको छ। ‘हाम्रो जग्गा उनलाई चाहिएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस