बेलायती प्रधानमन्त्री मे को ब्रेक्सिट प्रस्ताव दोस्रो पटक खारेज

काठमाडाैं – युरोपिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव अर्थात ‘ब्रेक्सिट डिल’ दोस्रो पटक संसदमा अस्वीकृत भएको छ ।

प्रधानमन्त्री मे को प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो अर्थात संसदले उनको प्रस्ताव खारेज गरेको छ । बेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ३९१ तथा पक्षमा २४२ मत परेको हो । अर्थात मे को प्रस्ताव १४९ मतले पराजित भयो ।

यसअघि जनवरी १५ मा भएको मतदानमा ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ४३२ सांसदले मत दिएका थिए । त्यो बेला उनको योजनाको पक्षमा २०२ सांसदले मत दिए ।

यहि मार्च २९ अर्थात १७ दिनपछि इयुबाट बेलायतको औपचारिक अलग हुने प्रक्रियाका आधारहरु ब्रेक्सिट डिलमा थिए थिए । प्रधानमन्त्री मे को योजना पुनः विफल भएपछि ब्रेक्सिटको प्रक्रिया अन्यौलमा परेको छ ।

ब्रेक्सिट डिल खारेज भएपछि प्रधानमन्त्री मे ले संसदमा मार्च २९ देखि बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिन चाहन्छ कि चाहँदैन भन्ने विषयमा मतदान हुने बताइन् । वा त्यसका लागि तयार नभएको भए ब्रेक्सिटलाई टार्नु पर्छ कि पर्दैन भन्ने बारे पनि निर्णय हुने उनले बताएकी छन् ।

यसबारे बुधबार मतदान हुनेछ, त्यसमा संसदले बिना सम्झौता ब्रेक्सिटले मन्जुरी पाएमा इयुबाट बाहिरिनका लागि चाहिने अवस्था सिर्जना गर्न आर्टिकल ५० माथि मतदान हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस