युभेन्टसको शानदार पुनरागमन, रोनाल्डोको ह्याट्रिक

काठमाडाैं । युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा शानदार पुनरागमन गरेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा एथलेटिको म्याड्रिडविरुद्ध रोनाल्डोले तीन गोल गरेपछि युभेन्टस समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाइनल प्रवेश गर्‍याे ।

यसअघि एथलेटिकोको घरेलु मैदानमा युभेन्टस २-० ले पराजित भएको थियो । युभेन्टसका लागि युरोपियन प्रतियोगितामा शानदार पुनरागमन गराउनका लागि यहि सिजन रियल म्याड्रिडबाट गएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरे । युभेन्टसका लागि तीनै गोल रोनाल्डोले संभव बनाए । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरे ।

२७ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४९ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टसले खेललाई समग्रमा बराबरीमा ल्याएको थियो । खेलमा युभेन्टसले निर्णायक गोल ८६ औँ मिनेटमा संभव बनायो । पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डोको ह्याट्रिकले युभेन्टस समग्रमा ३–२ ले विजयी भयो र अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो ।

रोनाल्डोको शानदार लय

रोनाल्डो पछिल्लो पाँच सिजनमा चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेर सनसनिपुर्ण प्रदर्शन गर्दे आएका छन् । यसै सिजनमा ९९ मिलियन पाउन्डमा आएका रोनाल्डोले जारी सिजनै सर्वोत्कृष्ट खेल पस्किए ।

रोनाल्डोले युभेन्टसलाई च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरणको बाटो देखाउँदै गर्दा त्यसको साक्षिबनेका दर्शकका उत्साह साँचिकै लोभलाग्दो रह्यो । ४९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै समग्रमा बराबरी गरेका रोनाल्डोले अन्तिम समयतिर फेडेरिको बेर्नाडेस्कीलाई एथ्लेटिकोका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै टिमका लागि निर्णायक जित दिलाए । तीन् गोलसँगै रोनाल्डोले ८ ह्याट्रिक पुरा गरेका छन् ।

यॊ पनि हेर्नुहॊस

एम्बाप्पे पीएसजीमै रहने

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युवा फरवार्ड केलियन एम्बाप्पे अर्को सिजन समेत …

प्रतिकृया दिनुहॊस