भरतपुर महानगरपालिकाकाे वडा कार्यालयमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ५ कार्यालयमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलय चितवका अनुसार मंगलबार राति करिब १२ बजे शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो ।

विस्फोटबाट तोरीखेतमा रहेको वडा कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालय भवनमा क्षति पुगेको छ । विस्फोटपछि कार्यालयमा लागेको आगो महानगरको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विस्फोट कस्ले गराएको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले गराएको शंका प्रहरीको छ । घटनालगत्तै चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी प्रमुख राठौरले बताए ।  सरकारले मंगलबार विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो शक्तिशाली विस्फोटलाई प्रहरीले गम्भीर सुरक्षा चुनौतीको रुपमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस