‘जात्रै जात्रा’ वैशाख २७ गते रिलिज हुने

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ले रिलिज डेट लिएको छ । वैशाख २७ गते चलचित्र रिलिज हुने निर्देशक प्रदीप भट्टराइले जानकारी दिए ।

चलचित्र ‘जात्रा’को सिक्वेलका रुपमा निर्माण भएको चलचित्र ‘जात्रै जात्रा’का मुख्य पात्र विपिन कार्की मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि छायांकन प्रभावित भएको थियो । विपिन घाइते भएपछि चलचित्र पूर्व निर्धारित मितिमा रिलिज हुन सकेन ।

चलचित्र ‘जात्रै जात्रा’मा विपिनसँगै रविन्द्र सिंह वानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायत कलाकारको अभिनय छ । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रको ‘मायाँ पिरिम…’बोलको गीत यही आइतबार रिलिज हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस