काठमाडाैँ । साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ ।
महिला फुटबल प्रतियोगिताका सम्पुर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ ।
प्रतियोगितामा सहभागी टिमका कोचसहित क्याप्टेनको उपस्थितिमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।
दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ । तर पहिलो उद्घाटन खेल भने ३ बजे पछि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी हुँदैछन् । अहिले ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर आइसकेका छन् । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।
प्रतिकृया दिनुहॊस