एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।  एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले शिखर इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस