गुराँस लाइफको ८% बोनस शेयर, पुनः १००% हकप्रदको प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएपनि  निष्काशन गर्न नसकेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पुनः सञ्चालक समितिमा प्रस्ताव लैजाने भएको छ।

फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २१ गते ९ औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले हालको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको हो।
त्यस्तै सोही चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ। बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयरपछि चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ कायम हुनेछ।

पहिलो चरणमा बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेपछि बीमा समितिले निर्देशन गरेको दुई अर्ब पूँजी जुटाउने क्रममा पुनः शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ। कम्पनीले चुक्ता पूँजी ९४ करोड ८५ लाख रुपैयाँको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ।

दुई पटकको हकप्रद र प्रस्तावित बोनस शेयरपछि पनि दुई अर्ब जुटाउन पुनः १२ करोड २९ लाख अर्थात ६.१५ प्रतिशत पूँजी आवश्यक पर्ने देखिन्छ। कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को साधारणसभा गर्न बाँकी रहेकोले सोहि आर्थिक वर्षको नाफा तथा जगेडाकोषबाट बोनस शेयर दिएर पूँजी जुटाउने देखिन्छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ। चैत्र ५ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन्। पूराना जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफ पूँजी जुटाउनेमा सबैभन्दा पछाडि रहेको थियो। बीमा समितिले पूँजी जुटाउने स्पस्ट खाका सहित साधारणसभामा जान निर्देशन दिए सँगै कम्पनीले एकै पटक बोनस शेयर र दुई पटक हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अगाडि सारेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस