जनकपुर-जयनगर रेल सेवा : बैसाख १ देखि सञ्चालन हुने

काठमाडौँ । जनकपुर-जयनगर रेल सेवा  बैसाख १ देखि सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरिएको हो ।

सो रुटमा निर्माण हुने ७ वटा स्टेसनका लागि आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने मिश्रको भनाइ छ। महानिर्देशक मिश्रले सातै वटा स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए ।

मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोही अनुसारको कार्यविधि निर्माणमा आफूहरु लागि परेको मिश्रको भनाइ छ। कुर्था र खजुरी लगायतका केहि स्टेसनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकताअनुसार कर्मचारी परिचालन गर्ने उनले बताए।

विभागले सो रुटमा रेल सञ्चालनका लागि भारतबाट २ वटा रेल खरिद गर्ने जनाएको छ। रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस