विश्वकप फुटसल : नेपालको पहिलो प्रतिद्वन्दी क्यानडा

काठमाडौं । अर्जेन्टिना आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडाको सामना गर्ने भएको छ ।

आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो । तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले क्यानडासंग अप्रिल १ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासंग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससंग खेल्नेछ ।

No photo description available.

समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस