रेल आउने कहिले हातपात अहिलेः बैठकमै प्रभावित क्षेत्रका बासिन्दा कुटिए

काठमाडौं । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा  स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् ।

डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल नगरपालिकाको वडा नम्बर ११ कार्यालयमा बैठक बसेको थियो ।

उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन ब्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन ।

‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ’, सोही क्षेत्रका जेष्ठ नागरिक मञ्चको संयोजकसमेत रहेका ६६ बर्षका अर्यालले भने, ‘ममाथि अन्याय भएको छ ।’ नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस