देवः विकास बैंकको २ वटा शाखा थपिए

काठमाडौँ । देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे ।

बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस