The autumn flower of sun flare.

भिटामिन डीको कमी भएमा देखिन्छन् यस्ता समस्या

काठमाडौं । शरीरलाई स्वस्थ राख्नका लागि क्याल्सियम र प्रोटीनजस्तै भिटामिन डीको पनि प्रमुख भूमिका हुन्छ । यो बोसोमा सजिलै घुल्छ र यसले आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पु–याउने काम गर्छ ।

शरीरमा भिटामिन डीको कमी हुँदा अनेकथरी रोग लाग्छ । यसको आपूर्ति हाईड्रक्सी कोलेस्ट्रोल र सूर्यको परावैजनी किरणहरूबाट हुन्छ । अनि केही खाद्यपदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

धेरैजसो त मानिसले शरीरमा भिटामिन डीको कमी भएको छ भन्ने नै थाहा पाउँदैनन् । सही समयमा यसका लक्षणहरू चिनेर यसको मात्राको कमीलाई पूरा गर्न सकिन्छ । भिटामिन डीको कमी हुँदा शरीरले यस्ता संकेत दिन थाल्छ

थकान लागिरहने – शरीरमा भिटामिन डीको कमी हुँदा थाकिने काम नगर्दा पनि शरीर थाकेको जस्तो हुन्छ । यसले गर्दा तनाव पनि बढ्छ । यस्ता लक्षण देख्नुभएमा कम्तीमा १० मिनेट घाममा बस्नुस् ।

जोर्नीमा पीडा – मांसपेशी तन्केको जस्तो हुने, जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।

शरीरको तापक्रम बढ्ने – भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८।६ डिग्रीनजिक पुग्छ र शरीरबाट पसिना पनि खुबै आउँछ । यसबाहेक निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।

चोट छिट्टो ठीक नहुने – दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।

उच्च रक्तचाप – रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।

भिटामिन डीको कमीका कारण – आवश्यकताभन्दा बढी तौल, जाडोमा घाममा नबस्ने, उमेर बढ्दै जाने, भिटामिन डी भएको खानेकुराको कमी, गाढा रंग भएको छाला हुनु केही कारण हुन् ।

केही मानिसलाई घाममा बस्दा छाला चिलाउने समस्या हुन्छ । भिटामिन डीले भरपूर आहार लिँदा यो कमीलाई पूरा गर्न सकिन्छ ।

त्यस्तो आहारमा दूध, मक्खन, माछा, सुन्तला, अण्डा, च्याउ, कड लिभर तेल, गाजर लगायत पर्दछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस