विश्वकै महँगो कार सार्वजनिक

जेनेभा । फ्रान्सेली कार निर्माता बुगाटीले विश्वकै महँगो कार सार्वजनिक गरेको छ । कम्पनीले करबाहेक ९५ लाख पाउण्ड स्टर्लिङ मूल्य पर्ने कार सार्वजनिक गरेको हो । यसअघि सबैभन्दा महँगो कारको कीर्तिमान रोल्स रोयसको स्वेप्टाइलको नाममा थियो । यसको मूल्य ९० लाख पाउण्ड थियो ।

बुगाटीले कम्पनी स्थापनाको १ सय १०औं वर्षको अवसरमा यो कार सार्वजनिक गरेको हो । यसको इन्जिन क्षमता फोर्डको फिएस्टाको भन्दा २० गुणा बढी छ । बुगाटीका अध्यक्ष स्टेफन विंकलम्यानले यो कार असाधारण प्रविधि, आकर्षक डिजाइन र निकै विलासी सुविधाको साथमा ल्याइएको बताए । यो कारमा १ हजार ५ सय हर्सपावरको १६–सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ ।

जेनेभा मोटर शोको क्रममा यो कार सार्वजनिक गरिएको हो । यो कारको गतिको विषयमा आधिकारिक जानकारी नदिए पनि २ दशमलव ४ सेकेन्डमा कार प्रतिघण्टा ६२ माइलको गतिमा कुद्न सक्ने बुगाटीले बताएको छ । यसको अत्यधिक गति प्रतिघण्टा २ सय ६१ माइल रहनेछ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस