नेपाल मेडिसिटीः बिरामीलाई उपचारको लागि भारत, बैंकक र सिंगापुर जान रोकेका छौं

विजय रिमाल, महाप्रबन्धक, ‘नेपाल मेडिसिटी’ अस्पताल

‘नेपाल मेडिसिटी‘ सात सय पचास शैयाको अन्तर्राष्ट्रिय स्तरको अस्पताल हो । नागरिकलाई जस्तोसुकै रोग लागेपनि उपचारको लागि विदेश जानु नपरोस् भन्ने उद्देश्य अनुरुप प्रशिद्ध उद्योगपति एवं गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक डा.उपेन्द्र महतोको लगानीमा सन् २०१७ मा स्थापित भएको हो । यो अस्पताल भैसेपाटीमा सञ्चालित छ ।

लामो समय अध्ययन पश्चात नेपालमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता देखेर ‘नेपाल मेडिसिटी‘ को स्थापना गरेका हौं । यस्तो खालको अस्पताल जसलाई राष्ट्रले नै गौरव गर्न सकोस भन्ने हाम्रो सोच थियो । अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपालमा हालसम्म अन्तर्राष्ट्रिय मान्यताको अपस्तालको आवश्यकता महशुस भईरहेकोले मेडिसिटीको जन्म भएको हो । अस्पताल ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । ३० रोपनी क्षेत्रफलमा आधुनिक भवन छ । अस्पतालमा विरामीको चाप पनि अत्यधिक बढ्न थालेको छ ।

‘नेपाल मेडिसिटी’ अस्पतालका महाप्रबन्धक विजय रिमालसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको अंश

अन्तराष्ट्रिय स्तरको सेवा र सम्बन्धन
अस्पतालले एनएबिएच (नेसनल एक्रेडिएसन बोर्ड अफ हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स) बाट सम्वन्धन लिएको छ । यो एउटा अन्तर्राष्ट्रियस्तरको सेवा सम्वन्धन हो, जुन हालसम्म नेपालका कुनैपनि अस्पतालले लिएका छैनन् । ‘नेपाल मेडिसिटी‘ पूर्वाधार तथा प्राविधिक हिसावले सम्पन्न छ । हामीसँग विश्वको नवीनतम प्रविधिहरु छन् । हाम्रा संरचना तथा पूर्वाधार अन्र्तर्राष्ट्रिय स्तरका छन ।

पूर्णकालीन चिकित्सक
यहाँका डाक्टर तथा चिकित्सकहरु अस्पतालमा पूर्णकालिनरुपमा आबद्ध भई कार्यरत भएकाले बिरामीहरुले उत्कृष्ट सेवा र सुविधा पाउँछन् । बिरामीहरुले लामो समयसम्म कुर्नु पर्दैन । चिकित्सकले पनि राम्रो सेवा तथा सुविधा पाएका छन् । हामीकहाँ बिरामीको रिर्सच, विरामीको उपचारमा विशेष ध्यान दिईन्छ ।

सेवाशुल्क र कर्मचारी
बाहिरबाट हेर्दा अस्पताल महँगो छ भन्ने अनुमान पनि गर्न सकिन्छ तर हाम्रो सेवा महँगो छैन । अन्य अस्पतालले लिने शुल्कभन्दा महंगो छैन । एकवर्षमा १२ सय रुपैयाँ एकैपटक तिर्ने हो भने ५० हजारसम्मको औषधि उपचार गर्न पाईन्छ । हामी मान्छेको पैसा, पद र प्रतिष्ठा हेरेर सेवा दिदैनौं । यहाँ करिब ८ सय कर्मचारी कार्यरत् छन् ।

अन्य हस्पिटल भन्दा फरक
यहाँ सम्पूर्ण रोगको उपचार हुन्छ । कुनैपनि बिरामीले बिदेशको डाक्टरको सेवा लिन चाहेमा पनि हामी उपलब्ध गराउछौं । हरेक बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण निगरानी र सेवा अस्पतालले नै प्रदान गर्नेछ । हामीले धैरे बिरामीहरुलाई उपचारको लागि भारतको दिल्ली थाइल्याण्डको बैंकक र सिगांपुर जान रोकेका छौ । अस्पतालको ल्यावमा विशवस्तरका अत्याधुनिक उपकरण र सामग्रीहरु छन् । क्यान्सर रोग पत्ता लगाउन प्रयोग गरिने इमिनो विश्वस्तरीय इम्युनोहिस्टोकेमेस्ट्री उपकरण लगायतका सामग्रीहरु उपलब्ध छन् ।

सरकारबाट अपेक्षा
स्वास्थ्य सेवा विधेयक परिर्माजन भएको छ । नेपालका अस्पताललाई पनि स्वतन्त्र निकायबाट अनुगमन, मापदण्डहरु, निर्धारण गरिनुपर्छ । वर्गीकरण पनि हुनु आवश्यक छ । ए,वी,सी ग्रेटको शुल्क पनि वर्गीकरण अपरिहार्य छ । नीति र नियम नीजिस्तरका अपस्ताललाई मात्रै होईन सरकारीको पनि हुनु जरुरी छ ।,

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस