माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार कित्ता आइपीओ निष्कासन, फागुन २३ देखि आवेदन खुला

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन गरेको छ । पाँचथर जिल्लामा अवस्थित तल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावाटको विजुली उत्पादन गर्न यो आयोजनाले काम गरिरहेको छ ।

माउन्टेन हाइड्रोले निर्माण गर्ने यो आयोजनाका लागि न्युनतम ५० देखि अघिकतम ८० हजार कित्ता शेयर आवेदन दिन पाउँने गरी शेयर निष्कासन गरिएको छ । यसको शेयर आवदेन यही फागुन २३ गतेदेखि छिटोमा २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन पाइने यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

यो कम्पनीको एक अर्ब २५ करोड रुपैयाँको जारी पुँजी रहेको छ । यसलाई कम्पनीले १ करोड २५ लाख थान शेयरको रुपमा विभाजन गरेको छ । यो कम्पनीले १० प्रतिशत अर्थात १२ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यस अघि नै निष्कासन भएको थियो । यसबाट ६ लाख ८३ हजार ८९० कित्ताको लागि मात्रै आवेदन परेको र बाँकी रहेको ५ लाख ६६ हजार ११ हजार कित्ता शेयर सर्वसाधारणको लागि बेचिने भएको छ ।

यो आयोजनाले ३६ हजार ३२२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ्ट्याएर बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको सर्वसाधाणका लागि बिक्री गर्ने भएको छ । यो कम्पनीले स्वकृत विवरणपत्र मार्फत निष्कासन गरिने साधारण शेयरको सार्वजनिक निष्काशन गनकालागि ईक्रा नेपालबाट ईक्रा एनपि आईपिओ ग्रेड ४ को प्रमाणपत्र पाएको छ ।

यो जलविद्युत् आयोजनको कुल लागत ४ अर्ब २८ करोड रहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ हुने छ । यस आयोजनाले लगानीफिर्ता हुनेअवधि ८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुनेअवधि १० वर्ष हुने जानकारी पनि दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस