निर्मला पन्तका बुबा-आमाले छाडे धर्ना

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् ।

छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए ।

लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिएकाले धर्ना स्थगित गरिएको निर्मलाका परिवारले बताएका छन् । धर्नामा स्थगित गरे पनि न्यायको लडाइँ जारी राख्ने उनीहरुले बताएका छन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले अपराधी जोसुकै भए पनि कारबाही गर्न माग गरे । प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही नभएको र दोषिलाई उम्काउने गिरोह सक्रिय रहेको उनले बताए ।

धर्ना स्थगित गरेपछि पन्त परिवार उपचारका लागि काठमाडौं जाने तयारीमा छ । यसअघि धर्नामा बस्दाबस्दै निर्मलाका बुवा यज्ञराजको मानसिक अवस्था बिगि्रएको थियो । काठमाडौंमा उपचार गरी घर फर्काएपछि यज्ञराज फेरि धर्नामा बसेका थिए ।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरेको अवस्थामा उँखुबारीमा शव फेला परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस