अन्तर्राष्ट्रिय यात्रु ओसार्नेमा निगम पहिलो, आन्तरिकतर्फ बुद्ध एयर उत्कृष्ट स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय यात्रु उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा पर्न सफल भएको छ । मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले सन् २०१८ को एक वर्षमा गरेको यात्रु उडान र अवतरणमा नेपालमा उडान गर्ने अन्य सबै वायुसेवालाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो । निगमले सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९७९ यात्रु बोकेर नेपालमा उडान भरिरहेका ३० वटै वायुसेवाभन्दा आफूलाई अग्र स्थानमा पार्न सफल भएको हो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् । यी सबै वायुसेवाले दिएको हवाई सेवाको तुलनामा निगमले सबैभन्दा धेरै यात्रु ओसारेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा निगमले कुल ३ हजार ५३४ उडानबाट २ लाख २४ हजार हवाई यात्रुलार्ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट विभिन्न मुलुकतर्फ लगेको र २ लाख ४७ हजार यात्रुलाई सोही विमानस्थलबाट भित्र्याएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस