यी हुन् अल्सर हुनबाट बच्ने उपाय

काठमाडाैँ । हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा  ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।

  • अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर खाली राख्नुहुँदैन । ‘

  • बढी चिल्लो, अमिलो, पिरो सेवन नगर्ने । त्यस्तै, सकभर जंकफुड नखाने ।

  • धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने ।

  • दुखाइबाट बचाउने (पेनकिलर) र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ । यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने ।

  • अल्सर गराउने किटाणुको संक्रमणबाट बच्नुपर्छ । खानामा जथाभाबी मसाला, रङ आदि प्रयोग गर्नुहुँदैन  ।

  • सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस