गृहमन्त्री थापा बम बिस्फोटका घाइतेको अवस्था बुझ्न अस्पतालमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् । नख्खुमा शुक्रबार बेलुका बम बिस्फोट हुँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री बादल अस्पताल पुगेका हुन् ।

नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते भएका छन् ।

घाइते दुवैको उपचार मेडिसिटी अस्पतालमा हुँदैछ । यस्तै उपचारकै क्रममा सिंहप्रसादको मृत्यु भयो । गृहमन्त्री थापा अवस्था बुझ्नका लागि अस्पताल पुगेका हुन् ।

गृहमन्त्री थापाले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । यस्तै घटनाको छानबिन हुने र संलग्नलाई कारवाही हुने बताए । यस्तै नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सांसद पम्फा भुसाल, नेता देव गुरुङ पनि अस्पताल पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस