हिमालयन, सिम्रिक र सौर्य एयरलाइन्स विमानस्थल प्रयोगवापतको २८ करोड तिर्न सहमत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट उडान तथा अवतरण गर्दा सबै वायुसेवाले विमानस्थल कार्यालयले तोकेको जहाज ल्याडिङ, पार्किङ, एयर नेभिगेसन, मासिक शुल्कसहितको रकम तिर्नुपर्छ । यस्तो शुल्क हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कार्यालयमार्फत उठाउने गरेको छ ।

पछिल्लो समय आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले यस्तो शुल्क नतिर्ने र यात्रु उडानको लाभ मात्रै लिने गरेका थिए । विमानस्थल कार्यालयको कडाइ र रकम नतिर्ने एयरलाइन्सको सञ्चारमा माध्यमबाट विवरण एकपछि अर्को गर्दै बाहिरिन थालेपछि भने इज्जत तथा थप जरिवानाबाट बच्न धमाधम रकम तिर्न थालेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपालबाटै उडान गर्ने हिमालय एयरलाइन्सको मात्रै कबिर २० करोड रुपैयाँ पुगेको छ । यो बायुसेवाले हाल ३ वटा न्यारोबडी जहाज उडान गरिरहेको छ । यी जहाजको एक वर्षदेखिको रकम बाँकी राख्दा र समयमा नै नतिर्दा जरीवानासहितको रकम बढ्दै गएको हो ।

विमानस्थल कर्याालयले समयमा नै बाँकी रकम नबुझाए उडान अवतरणमा रोक लगाउने भनेपछि तत्कालै एक करोड रुपैयाँ तिरको छ । यो वायुसेवाले ३ दिन अगाडि मात्रै मासिक ७५ लाख रुपैयाँ नियमित तिर्दै जाने भएको छ । बीचमा एयरलाइन्सले रकम जम्मा गर्दै बाँकी बक्यौता घटाउने सहमति पनि गरेको छ ।

यो वायुसेवाले बाँकी रकबाट हालसम्म ६ करोड तिरिसकेको छ । एक करोडको चेक दिएको छ । भने बाँकी रकम पनि तिर्ने प्रतिवद्धता दिएको छ । यस्तै आन्तरिक उडानको सिम्रिक एयरको बाँकी रकेको ४ करोडलाई पनि मासिक १८ लाखका दरले तिर्दे जाने र र बक्यौता घटाउने सहमति भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस