गोली प्रहार गरी महिलाको हत्या

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

गएराति वाणगंगा नगरपालिका वडा नं ४ कुवेरापुरस्थित घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहार गर्दा अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमको लागि उनको शव तौलिहवा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको वितृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस