विभिन्न स्थानमा एनसेल टावरमा आगजनी

काठमाडौं । गएराति दुई छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो ।

रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो । राती १०÷११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट झण्डै ४ लाख बराबरको क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दमकल नआएपछि प्रहरीले करेन्टको समेत पर्वाह नमानी आगो निभाएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

आगलागी कसले गरेको हो भन्ने यकिन हुन सकेको छैन । विगतमा बिप्लव माओवादीले एनसेल टावर ध्वस्त पार्ने धम्कीसहितका बिज्ञप्ती निकालेका कारण सोही समूहले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि गएराति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको व्यहोरासहितको पर्चा घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस