सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानमा संकटकाल घोषणा

सुडान । सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानका राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।

सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गरेका हुन् । टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ओमारले एक वर्षसम्मका लागि मुलुकका संकटकाल लगाइएको घोषणा गरे ।

यसअघि सुडानको राष्ट्रिय सुरक्षा तथा गुप्तचर निकायले भने राष्ट्रपति बसिरले राजीनामा दिने बताएको थियो । राष्ट्रपति बसिरले पछिल्लो हप्ता सरकारविरोधी चर्को प्रदर्शनको सामना गरेका थिए ।

सम्बोधनका क्रममा राष्ट्रपति बसिरले विरोध प्रदर्शनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए । उनले प्रदर्शनबाट मात्र परिवर्तन सम्भव नहुने भन्दै चुनावमार्फत् नै सरकार परिवर्तन सम्भव हुने बताए ।

सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन पछिल्लो समयमा राष्ट्रपति बसिरको ३० वर्षे कार्यकालको विरोधमा पुगेको थियो । प्रदर्शनका क्रममा ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ७५ वर्षीय राष्ट्रपति बसिर सन् १९८९ देखि शक्तिमा आएका हुन् । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस