नक्खु बम विस्फोट : गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु

ललितपुर । नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए।  शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लागेर विद्युतका कर्मचारी केसीको मृत्यु

काठमाडौं । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, …

प्रतिकृया दिनुहॊस