निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ ।

उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदानपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारका क्रममा मृत्यु भएको जनसेवा प्रहरीका प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बूले जानकारी दिए । मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त घटना बिहीवार साँझको भए पनि प्रहरीले शुक्रवार मात्र जानकारी दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस