ओम डेभलपमेन्ट बैंकद्धारा छात्रवृत्ति प्रदान

काठमाडाैँ । ओम डेभलप्मेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका वडा नं. ६ दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गर्नु गरेका थिए ।

त्यसैगरी गोरखा नगरपालिका वडा नं. ९ मा रहेको श्री महालक्ष्मी माध्यामिक विद्यालयको ४३ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यमलयकी कक्षा ९ की छात्रा     समिना भण्डारीलाई ५ हजार र स्टेशनरी प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न ठाँउमा वित्तिय साक्षरताका कार्यक्रम गर्दै आएको छ । यसवाट सर्व साधारणमा  वदलिदो बैकिङको वारेमा चेतना विस्तार भएको बैंकले जनाएको छ ।

हाल बैंकले ५३ शाखा कार्यलय, १९ एटिएम तथा १ शाखा रशित बैंकिङ ईकाइ मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै र्आको छ । बैंकले पौष मसान्त सम्म २३ अर्व ६८ करोड निक्षेप संकलन गरी २१ अर्व ३४ करोड कर्जा लगानी गर्न सफलभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस