आइसीसी टी–२० महिला : यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित निकालेकाे छ ।

यूएईले दिएकाे ४२ रनको सामन्य लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रनको योगदान दिइन्।

रुविनाले १७ बलमा २ चौंका र १ छक्का प्रहार गर्दा काजलले २५ बलमा २ चौका प्रहार गरेकी थिएन्। त्यस्तै सीता राना मगरले ६ रन जोड्दा अप्सरी बेगम शून्य रनमा आउट हुँदा रोमा थापा शून्य रनमै नटआउट रहिन्। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले हारेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस