प्यानमा सेयर लगानीकर्ताले गर्न थाले समर्थन, कसले के भने ?

कठमाडौं । पुँजी बजारमा अनिवार्य प्यान लागू गर्ने सरकारको निर्णयमा लगानीकर्ता सकारात्मक देखिएका छन् । संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठकमा सहभागी लगानीकर्ताले आफूहरु प्यानको पक्षमा रहेको बताएका हुन् । तर, प्यान लागू गर्नु भन्दा पहिला नियामक निकायले यसका बारेमा आम लगानीकर्तालाई जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्यान लगानीकर्ताका लागि सकारात्मक पक्ष भएको बताए । उनले भने, ‘प्यान अनिवार्य गरिनु सकारात्मक पक्ष भए पनि नियामकले यसका बारेमा आम लगानीकर्तालाई प्रशिक्षित गर्न आवश्यक छ ।’

लगानीकर्तामाझ जनचेतना फैलाउने कार्यक्रम सञ्चालन नगरी एकाएक वैशाख १ गतेदेखि नै अनिवार्य भनिुन चाहिँ कुनै पनि हालतमा तर्कसंगत नभएको उनले आरोप लगाए । भने, ‘लगानीकर्तालाई शिक्षित नबनाई प्यान तत्काल लागू गर्नु हुँदैन ।’

यता,  सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले पनि प्यान लागू गर्दा आफूहरुलाई आपत्ति नहुने बताए । उनले भने, ‘प्यान लागू गर्ने सकारकारको निर्णय सकारात्मक छ । तर, लागू गर्नु भन्दा पहिले लगानीकर्तालाई यसको फाइदाका बारेमा जागृत गराउन आवश्यक छ ।’

ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि लगानीकर्ताका लागि प्यान सकारत्मक भएको बताए । प्यान अनिवार्य रुपमा लागू गर्नु पहिले यसका बारेमा चेतना जागृत गराउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा उनले जोड दिए । भने, ‘प्यान अनिवार्य लागू गर्नु सकारात्मक पक्ष हो । तर, त्यसभन्दा पहिले आमलगानीकर्तालाई प्रशिक्षित गराउनुपर्छ ।’

‘सिंहदरबार भित्रकै कर्मचारीको त प्यान छैन’
यता, सरकारी निकायले पनि प्यानका बारेमा जनचेतना जगाउन आवश्यक रहेको स्वीकारेको छ । अर्थ मन्त्रालयका राजस्व सचिव लाल शंकर घिमिरेले अर्थ समितको छलफलमा बोल्दै लगानीकर्ताको साथसाथै आम व्यक्ति तथा कर्मचारीमा समेत प्यानका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
उनले सिंहदरबार भित्रकै कतिपय कर्मचारीको प्यान नभएको पनि बताए । ‘सिंहदरबार भित्रकै अधिकांश कर्मचारीले त शिक्षा र चेतना अभावका कारण प्यान नम्बर लिएका छैनन् । त्यसैले मुलुक भरि नै यसका बारेमा जनचेतना जगाउन आवश्यक छ ।’
मुलुकको अर्थतन्त्रका लागि स्रोत जुटाउने पहिलो आधार पुँजी बजार भएकाले यसको विकास र विस्तार गर्न सरकार प्रतिवद्ध रहेका पनि बताए । ब्याजदर बजारले नै निर्धारण गर्नुपर्नेमा जोड दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस