नेप्से एकै दिन साढे २२ अंकले बढ्यो

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.४४ अंकले बढेर ११२४.९६ अंकमा अडेको छ। नेप्सेको ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५५ अंकले बढेर २३८.९१ अंकमा पुगेको छ।

नेप्सेका अनुसार एक सय ६७ कम्पनीको सात लाख १४ हजार आठ सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ। २१ करोड ४५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षाको प्रभाव सेयर बजारमा परेको जानकारहरू बताउँछन्। राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता बढाउने तथा ब्याजदर घटाउने नीति मौद्रिक समीक्षामा लिएको छ। मौद्रिक नीतिले वाणिज्य बैंकलाई प्राथमिक पुँजी बराबरकै रकम विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ। यस्तै बैंकलाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने व्यवस्था पनि गरिएको छ।

सबै उपसमूहको सेयर कारोबार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो। बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५ अंकले बढेको छ। निर्जीवन बिमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१.२८ र जीवन बिमा २५१.७३ बिन्दुले बढेको छ भने वित्तीय समूह स्थिर छ।

चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ। वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस