चालू आवको ६ महिना : बीमा कम्पनीहरुको स्थिति यस्तो छ

काठमाडौं। मुलुकमा हालसम्म जीवन बीमा कम्पनी १९ वटा, निर्जीवन बीमा कम्पनी २० वटा र पुर्नबीमा कम्पनी १ गरी जम्मा ४० वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भने जीवन बीमाका ७ र निर्जीवन बीमा कम्पनी १५ वटा गरी २२ वटा बीमा कम्पनीमात्रै सूचीकृत भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण १९ वटा कम्पनीले प्रकाशित गरिसकेका छन् । ओरियन्टल इन्स्यारेन्सको प्रकाशित भएको छैन ।

भूकम्पपछि बीमा क्षेत्रमा केही चहलपहल देखिएको छ । मानिसमा बीमाप्रतिको जागरुकता पनि वृद्धि भएको सरोकारवालाहरु बताउँछन् । तर, मुलुकको कुल जनसंख्याको २० प्रतिसम्म पनि बीमाको पहुँच पुगेको छैन ।

चुक्ता पुँजी तथा खुद नाफा

निर्जीवन बीमा कम्पनीमा १ अर्बभन्दा माथि चुक्ता पुँजी चार वटा कम्पनीको रहेको छ । तीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी नेको इन्स्योरेन्स कम्पनीको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ । दोस्रो स्थानमा शिखर इन्योरेन्स कम्पनीको १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ, तेस्रो स्थानमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १ अर्ब २ करोड ७२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने एभरेष्ट इन्स्योरेन्सको जम्मा १३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । जसको नाफा २१ करोड २० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ७९ प्रतिशतले वृद्धि गरेको हो ।

सबैभन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स रहेको छ । जसको नाफा १ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । जसले ७१ दशमलव २० प्रतिशतले नाफा बढाएर ७ करोड ३२ लाख रुपैयाँ कमाएको छ । त्यस्तै हिमालय जनरल इन्स्योरेन्सले पनि ६८ दशमलव ६० प्रतिशतले वृद्धि गरी ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको तुलनामा १२ वटा कम्पनीहरुले नाफा बढाएको छ भने ३ वटा कम्पनीले नाफा घटाएको छ । बाँकी ४ कम्पनीमा नेशनल इन्स्योरेन्स कम्पनीले नाफा गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा नोक्सानमा रहेको कम्पनीले अहिलो भने मुनाफा रहेको छ । बाँकी ३ वटा कम्पनीले भने अघिल्लो वर्ष विवरण प्रकाशित गरेका थिएनन् ।

जगेडा कोष र बीमा कोष

निर्जीवन बीमा कम्पनीमा जगेडा कोष तथा बीमा कोषमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीकै रहेको छ । जसले जगेडा कोषमा २ अर्ब १५ करोड ४८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ ।
त्यसैगरी जगेडा कोष सबैभन्दा कम नेगेटिभमा नेशनल इन्स्योरेन्सको रहेको छ । जसको जगेडा कोष ३८ करोड ३८ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । बीमा कोषमा सबैभन्दा कम अजोड इन्स्योरेन्सको ६१ लाख रुपैयाँ रहेको छ ।

आम्दानी तथा कुल प्रिमियम

निर्जीवन बीमा कम्पनीहरूले जम्मा आम्दानी २ अर्ब ४२ करोड ५ लाख रुपैयाँ आर्जन गरेका छन् भने कुल प्रिमियम ११ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् । जसमध्येमा आम्दानी तथा कुल प्रिमियममा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको रहेको छ । जसले आम्दानी ३५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल प्रिमियम १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ । सबैभन्दा कम आम्दानी तथा प्रिमियम संकलन सानिमा इन्स्योरेन्सले गरेको छ । जसको आम्दानी २ करोड २५ लाख रुपैयाँ रहेको छ भने प्रिमियम संकलन ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

खर्च र तथा कुल दाबी भुक्तानी

निर्जीवन बीमा कम्पनीहरुमा कुल खर्च १ अर्ब ४ करोड ३६ लाख रुपैयाँ गरेको छ भने कुल दाबी भक्तानी ५ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । १९ वटा कम्पनीमा सबैभन्दा बढी खर्च र कुल दाबी भुक्तानी शिखर इन्स्योरेन्सको रहेको छ । जसको खर्च १४ करोड १ लाख रुपैयाँ र कुल दाबी भुक्तानी ७४ करोड ४ लाख रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा कम खर्च नेशनल इन्स्योरेन्सको ३२ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी जनरल इन्स्योरेन्सको १७ हजार रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस