बार्सिलोनाका सबै प्रहार खेर

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । अवे मैदानमा मंगलबार राति भएको खेलमा स्पेनिस ला लिगा क्लब बार्सिलोना फ्रेन्च लिग वान क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लियोनल मेस्सीसहितको बार्सिलोनाले लियोनको पोस्टमा २५ पटक प्रहार गरे पनि गोल गर्न सकेन । बार्सिलोनाका सबै प्रहार खेर गए । प्राय गरी अधिकांश समय पोस्ट प्रहारमा गोल गर्ने कला भएको ठानिएका बार्सिलोनाका मेस्सी, लुइस स्वारेज तथा फिलिप कोन्टिन्होको प्रहार लियोनका गोलरक्षक एन्थोनी पोपेजले रोके ।

लियोनले पनि गोल गर्ने अवसर बनाएको थियो । मार्टिन टेरियाको प्रहार मार्क एन्ड्रे टेर स्टगिनले सुन्दर बचाउ गरे । यो खेलमा भ्रमण टोली बार्सिलोनाका सबै प्रहार खेर गए, लियोनले केही मात्रै प्रहार गर्न सक्यो । ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले लियोनमाथि गोल गर्न सकेन । दोस्रो लेग आउँदो मार्च १३ मा नाउ क्याम्पमा हुनेछ ।

सन् २०१५ मा युभेन्टसलाई हराएर उपाधि जिते यता बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । लियोनसँगको खेल अघि मेस्सीले च्याम्पियन्स लिगका पछिल्ला ९० खेलमा ९० गोल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस