भेनेजुएलाको सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको अपिल

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।

मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै, राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ ।

गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी समेत दिए । आन्तरिक कलह चुलिंदै जाँदा भेनेजुएला प्रकरणले विश्व पनि विभाजित बन्दै गएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस