काठमाडौं । कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
साथै बैंकले एबिबिएस, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिकृया दिनुहॊस