भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक

नया दिल्ली । भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ ।

प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको थियो ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए । (बीबीसीबाट)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस