मेस्सीले पेनाल्टीमा गोल गरे, अर्को पेनाल्टीमा चुके

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । उनले यो सिजन सबै प्रतियोगितामा गरेर ३० गोल गरेका छन् । मेस्सीले पछिल्ला ११ सिजनमा कम्तिमा ३० गोल गर्दै आएका छन् ।

रायो भालाडोलिडका मिसेलले बार्सिलोनाका जेरार्ड पिकेलाई फउल गरेका कारण पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका हुन् ।

बार्सिलोनाले अर्को पेनाल्टी पनि पाएको थियो, त्यसमा भने मेस्सी चुके । थप खेलाडीको रुपमा मैदान छिरेका फिलिप कोन्टिन्होलाई किको ओलिभासले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्ने प्रयास गरेका थिए । तर रियल भालाडोलिडका जार्डी म्यासिपले मेस्सीको प्रहार जोगाए ।

जितपछि शीर्षस्थानको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । शनिबार राति नै भएको खेलमा रायो भालेकानोलाई हराएको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ र उसको २४ खेलबाट ४७ अंक भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस