रियल मड्रिडलाई पछि पार्दै ग्रिजम्यानको गोलले एथ्लेटिको अघि लाग्यो

काठमाडाैँ । रियल मड्रिडलाई पछि पार्दै एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रायो भालेकानोमाथि १–० को जित निकाल्दै एथ्लेटिको मड्रिड दोस्रो स्थानमा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफमा ग्रिजम्यानले महत्वपूर्ण गोल गरेका हुन् ।

ग्रिजम्यानले रायो भालेकानोविरुद्धका पछिल्ला ६ खेलमा ८ गोल गरेका छन् । चेल्सीबाट लोनमा एथ्लेटिको गएका अल्भारो मोराटाको सहयोगमा ग्रिजम्यानले गोल गरेका हुन् ।

पछिल्ला तीन खेलमा एथ्लेटिकोको पहिलो जित हो । यसअघिका खेलमा एथ्लेटिको मड्रिड रियल बेटिस र रियल मड्रिडसँग पराजित भएको थियो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको एथ्लेटिकोको २४ खेलबाट ४७ अंक भएको छ र उ शीर्षस्थानको बार्सिलोना भन्दा सात अंकले पछि छ । यस्तै तेस्रो स्थानमा झरेको रियल मड्रिडको २३ खेलबाट ४५ अंक छ र उसले आइतबार राति जिरोनासँग खेल्नेछ ।

शनिबार राति भएका अरु खेलमा लेभान्टेले सेल्टा डी भिगोलाई ४–१ तथा रियल सोसिडाडले लेगानेसलाई ३–० ले हराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस