नेवि संघको दुरभाग्य

डम्मर बम ।
नेपाली एउटा गीत छ माया बैगुनी नभई नहुनी भन्ने गीत जस्तै नेपाल विद्यार्थी संघ हो नेपाली काँग्रेसका लागि, यो काँग्रेसको नेता उत्पादन गर्ने नर्सरी मात्र नभएर प्रत्येक कुराको सारथी पनि हो । केवल विधार्थी केन्द्रीत हुनुपर्ने यो संगठनमा पार्टीनेता हावि हुन थाले पछि गुठबन्दीरहीत बन्न सकेन र सक्दैपनि । आफु अनुकुल भए ठिक नत्र आलोचना गर्ने राजनीतिक परम्परा हो ।

यसअघिका नेवि संघ अध्यक्षको कार्यकालका विषयमा थोरै मात्र चर्चा गर्ने हो भने कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेका छैनन । बरु म्याद थप गरी संगठन भजाउने र राजनीतिक दम्भका आधारमा वादशाह नै बनेको इतिहास हामीसँग र भुल्नु पनि हुदैन । निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गर्नु नेवि संघको विधानमा उल्लेख छ ।

कुनै पनि प्रजातन्त्रमा विश्वास गर्ने र प्रजातन्त्रको मुलभुत सिद्धान्तलाई अंगिकार गर्ने व्यक्ति त्यस्को बरखिलाप जानुपर्छ भन्नु मुर्खता हो । ११ औं महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले दुई वर्षमै नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरे । महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद २०७५ भदौ २ गतेसम्म थियो ।महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिना र दुई महिना गरी दुई पटक समयावधि थपिदिएको थियो ।महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ । माघ २८ गते नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिए । यसअघि तोकिएको मितिमा महाअधिवेशन गर्न सकिएनभनेर उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले राजीनामा दिए । जसले नेवि संघ आफैमा अप्ठारोमा परेको थियो ।

र अन्तत पार्टीले म्याद नथप्ने आशय पाएका अध्यक्ष महरले बाध्य भएर राजीनामा दिनुको विकल्प थिएन र दिए । यो बाध्यकारी परिस्थितीको शिर्जना कस्ले गर्यो यसमा सबै पानी माथिको ओवानो मात्र हुन्छन् । निश्चित समयाधिभित्र महाधिवेशन गर्न नसकेर संगठनलाई निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाउनु भएका सातजना पदाधिकारी धन्यबादको पात्र हुन । उनिहरुले संगठनमा नयाँ नजिर स्थापित गरेका छन् । वास्तविक कुरा नैतिकता नै हो त ? यो प्रश्न आममानसमा झकझकाइ रहेको छ । यस्को जवाफ समयले आफै दिनेमा सबै विश्वस्त पनि छन् ।

नेविसंघको महाधिवेशन विषयमा आन्तरिक विवादका कारण महाधिवेशन हुन नसके कुरा सतहमा नआएको होइन, कसैलेपनि दुधको साक्षी विरालो हो भने मेरो भन्नु केही छैन । होइन भने अध्यक्ष महरको राजीनामा दिएसँगै पार्टीपंक्ति समक्ष अध्यक्षको आर्शिवाद पाउन किन धाउने । प्रत्येक दिन तपाइले आर्शिवाद पाउनु भएको नेताको दैलोमा वास किन र के का लागि ? जवाफ चाहिन्छ । महाधिवेशन गर्ने कुरा एकजना अध्यक्षको मात्र जिम्मेवारी मात्र होइन सबै कुरा हस्तेमा हैस्य मिलाउन नसक्ने आफु मात्र महाधिवेशन गर्न सक्छु भन्ने अंहकार नराखे हुन्छ ।

अध्यक्षको गरेका निर्णयका विरुद्ध अरु पदाधिकारी खडा गरी बहादुरी देखाउनेहरुले अध्यक्ष मात्र असक्षम भन्न सकिदैन । सबैले नैतिक जिम्मेवारी लिनु पर्दछ । पहिलेको कार्यसमितिमा रहनुभएका पदाधिकारीसँग अध्यक्षका लागि प्रभु समक्ष धाउन जरुरी छ या छैन । म भन्न सक्दैन । निर्वाचित समितिमा पार्टीले हस्तक्षेप गर्नसक्दछ भने अब बन्ने तदर्थ समिति मात्र एसम्यान हो । यसबाट के अपेक्षा गर्नु । अरु कुरा गर्नु हावादारीमात्र हो । अब बनाइएको तदर्थ समतिले महाधिवेशन गर्न सक्ने के ग्यारेन्टी मनोनित गरिएका सबै बदर हुने भए पार्टीमा त्यो नैतिकता छ या छैन ?नेपाली काँग्रेका विभिन्न भातृ संगठनको वर्षैदेखि महाधिवेशन हुन सकेका छैनन ।

महाधिवेशनबाट निर्वाचित नेवि संघ सभापतिले नैतीकताका आधारमा राजीनामा दिनु कत्तिको जायत छ । स्मरण सहोस ४८ वर्षमा मात्र ११ वटा महाधिवेशन भएको हामीसँग नजिर छ । नेपाल तरुण दलमा मात्र चार जना पदाधिकारी छन त्यस्ले पूर्णता पाउने विषयमा पार्टीपंक्तिको किन ध्यान गएन । अन्य भातृ संघका विषयमा कुरै छोडौ । त्यसका विषयमा सायद नयाँ पिढिले थियो रे भन्नेमा हुन्छन । संगठनलाई चुस्त र दुरस्त बनाउन सबै जिम्मेवार बन्नु पर्छ । हाम्रालाई भन्दा राम्रालाइ बनाउन सबैको ध्यानमा राख्नु पर्छ संगठनमा व्यक्ति गौण कुरा हो र पार्टी प्रधान हो । यसमा कमजोरी कसको ? पार्टी नेतृत्वपंक्ति प्रति यस्को प्रश्न तेर्सिन्छ ।

यॊ पनि हेर्नुहॊस

यू–१९ विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई पराजित …

प्रतिकृया दिनुहॊस