‘लभ स्टेशन’मा यस्तो देखियो प्रदिप-जसिताको केमिस्ट्री (भिडियो)

काठमाडाैँ । ‘लभ स्टेशन’ सिनेमाले आफ्नो पहिलो गीतका रूपमा ‘घाम जुन चाहिँदैन’ बोलको गीत रिलिज भएको छ । भिडियोमा लिलीबिलीका जोडी तथा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । गीत भियतनाममा छायाँकन गरिएको हो।

गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ भने सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतका कोरियोग्राफर शिशिर खाती हुन्।

[youtube https://www.youtube.com/watch?v=NxqoZ8IUDf4]

उज्वल घिमिरे निर्देशित सिनेमा चैत २२ मा रिलिज हुनेछ।

सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस