‘बुलबुल’लाई पनि विदेशी चलचित्रकै डर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिज अन्तरगत यो चलचित्र आज रिलिज भएको हो ।

विनोद पौडेल निर्देशित चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् । बुद्धि तामाङ्ग, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारीलगायत कलाकारको पनि चलचित्रमा अभिनय छ ।

अविरल थापाले निर्माण ‘बुलबुल’मा टेम्पो चालक महिलाको जिन्दगीका उतारचढावलाई मुख्य विषय बनाइएको छ ।

आजै अर्को नेपाली चलचित्र ‘जोकर’ पनि रिलिज भएको छ । महादेव त्रिपाठी यसका मुख्य कलाकार हुन् । ‘जोकर’भन्दा पनि ‘बुलबुल’का लागि विदेशी चलचित्र चुनौतीका रुपमा आएका छन् । हलिउड चलचित्र ‘एलिटा’ र बलिउड चलचित्र  ‘गल्ली ब्वाई’ ‘बुलबुल’का लागि चुनौती बनेर आएका छन् । यी दुबै चलचित्र प्रतिक्षित चलचित्र हुन् ।
‘बुलबुल’ले क्यूएफएक्सको राजधानी र मोफसलका ९ स्टेशनमा १९ शोज पाएको छ । बाँकी सबै शोज ‘एलिटा’ र ‘गल्ली ब्वाई’ले पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस