सरुवारोगबाट बच्ने उपाय

काठमाडाैँ । सरुवारोगबाट बच्ने उपाय यस्ता छन् ।

  • टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने ।

  • साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ ।

  • सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानु हुँदैन ।

  • घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ ।

  • बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन ।

  • फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ ।

  • काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन ।

  • फलफूललाई सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ ।

  • खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ ।

  • सकेसम्म ताजा खाना खाने बानी बसाल्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस