यस्ता तस्वीर आएपछि एकाएक इन्टरनेटमा छाइन् अनुष्का

काठमाडाैं । पोषण विज्ञ लुक काउन्टिन्होसँग खिचिएका केहि तस्वीर सार्वजनिक भएपछि दक्षिण भारतिय अभिनेत्री अनुष्का शेट्टी सोमबाे इन्टरनेटमा एकाएक भाइरल भइन्। फोटोहरूमा उनी नयाँ लुकमा अति सुन्दरीदेखिएपछि उनका  तस्विरहरू भाइरल भएको भारतिय संचारमाध्यमले जनाएका छन्।‘बाहुबली’ फेम अभिनेत्री ती तस्वीरहरूमा सुन्दरीका साथमा स्लिमसमेत देखिएकी छन्। उनको त्यो स्लिम तथा सुन्दर लुकले इन्टरनेट प्रयोगकर्ताहरूलाई आकर्षित गरेको हो। तस्वीरमा सँगै देखिएका लुकले अनुष्कासँग केहि विशेष गर्न लागेको भन्दै ती तस्वीरहरू आफ्नो इन्स्टा एकाउन्टबाट सार्वजनिक गरेका थिए।

अनुष्का दक्षिण भारतिय सिनेमाहरूमा राम्रो फ्यान फलोइङ भएकी अभिनेत्री हुन्। अधिकाशं पुरूष स्टारहरूको दबदबा रहने त्यस सिने नगरमा उनी एक्लै सिनेमा चलाउन सक्ने सामर्थ्य राख्ने अभिनेत्री हुन्। हाल उनी ‘साइलेन्स’ नामक सिनेमाम व्यस्त रहेकी छन्। सिनेमा उनी आर माधवनसँग देखिनेछिन्। सिनेमामा उनले करियरकै विशेषमध्येको एक भूमिकामा निर्वाह गर्ने बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस