सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा कर्जा उपलब्ध गराउने

काठमाडाैँ । सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा बैंकले बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग सम्झौता गरिसकेको जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.को तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको  मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी दिने भएको हो । कर्जा लिदा ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा पाउन सक्ने बैंकले जनाएको छ ।

कर्जा अवधि तीन बर्षसम्म रहने छ भने लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता कम्पनी बाबा अटोमाटा ट्रेडिङ्गले सघाउने सहमति भएको बैंकले जनाएको छ । त्यसका लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्ने सम्झौतामा उल्लेख छ ।

कर्जाका लागि बाबा अटोमाटाले जमानत स्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्ने छ भने उक्त खाता बैंकले जमानतस्वरुप रोक्का राख्ने सम्झौता भएको छ । कुनै ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटालाई आदेश दिनेछ । यो सम्झौता २०७७ पुष ३० गते सम्म लागू हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस