सानिमा माईको खुद नाफा ५.०३% बढ्दा विद्युत बिक्रीबाट कति भयो आम्दानी ?

काठमाडौं ।  सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा ५.०३% धेरै हो । गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
सानिमाले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट ४५ करोड ७३ लाख ७२ हजार ८२१ रुपैयाँ आम्दानी गरेको थियो ।
हाल कम्पनीको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने ४६ करोड ३८ लाख २ हजार ७२० रुपैयाँ रहेको छ । दोस्रो त्रैमासमा सानिमा माईको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९९ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस