प्राइम बैंकको नाफा ३३.९१% बढ्यो, इपीएस र रिजर्भ कोषमा पनि सुधार

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३३.९१% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ८ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७९ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा यसको वितरण योग्य नाफा ९३ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार भएको छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ५२.२४% ले बढेर १ अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ पुगेको छ । यस्तै, यो त्रैमाससम्म सञ्चालन नाफा १ अर्ब ५१ करोड १९ लाख १२ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ३९.५२% ले धेरै हो ।
प्राइमले पुस मसान्तसम्म ७६ अर्ब ७२ करोड ७० लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६० करोड ४० लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा बढेर १.५८% पुगेको छ । खराब कर्जा गत वर्ष १.४३% थियो । बेस रेट १०.१७% रहेको छ ।
प्राइमको चुक्ता पुँजी ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार रुपैयाँबाट बढेर ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि सुधार भएको छ । रिजर्भ कोषमा बैंकले ४ अर्ब २२ करोड १२ लाख ८ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष रिजर्भमा ३ अर्ब ९९ करोड ९४ लाख ८६ हजार रुपैयाँ थियो । गत वर्ष २२ रुपैयाँ ६१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २६ रुपैयाँ ४१ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५५ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस